१२ मंसिर २०८०, मंगलवार

लकडाउन कारण समस्यामा परेका परिवारलाई राहत बितरण

एसीपी संवाददाता

२ जेष्ठ २०७७, शुक्रबार १२:५८ मा प्रकाशित

जेठ २ गते बाँके । कोभिड १९ कोरोना भाइरसका कारण नेपाल भरी गरिएको लकडाउन कारण बिभिन्न साना साना ब्यवसाय, मजदुरी गर्ने साथै माध्यम वर्ग परिवार समेत प्रभावित हुदै आएकाले शुक्रबार राहत पाएका छन् ।


जनमत पार्टीका केन्द्रिय सदस्य मो.ईरफान अहमदको सक्रियतामा उक्त राहत समागी्र बितरण गरिएको छ । अहिले नेपालमा मात्र नभइ सारा विश्वमा भोकमरीको अवस्था छ, भोकमरीका कारण समाजमा घर परिवार चलाउन धेरै समस्याहरू आएकाले राहत बितरण गरिएके हो । ती मध्ये सबैभन्दा ठूलो समस्या भनेको सामान्य मानिसमा खानेकुराको समस्या हो । लकडाउन कै बेलाबाट हामी ती सामग्रीहरू केहि गरीबहरूलाई पुर्याउन कोशिश गरिरहेका छौं । हामी आवश्यकता अनुसार निरन्तर राहत सामग्री प्रदान गर्दैछौं, हिजो हामीले गरिरहेका थियौं, यो गर्दै जाने इरफानले बताएका छन् ।

५० जना घर परिवारलाई राहत सामग्री (चामल, दाल, चिना, र तेल सहितको खाद्यन समाग्री बितरण गरिएको । राहत बितरण कार्यक्रम जनमत पार्टी बाँकेका नगर अध्यक्ष रियाज अहमद शेख,डुडुवा गाँउपालिका अध्यक्ष अब्दुल वाहिद शेष,बाँकेका नेता मो.हुसेन शाह समेत सहभागी रहेका थिए ।

उपमहानगरपालिका अध्यक्ष(रियाज अहमद शेष, डुडुवा गा।पा।अध्यक्ष(अब्दुल वाहिद शेष, बाँकेका नेता मोहम्मद हुशेन शाह ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x