राप्रपा आबद्ध नेताहरु द्धारा घसियारा समुदायलाई राहत बितरण

जेठ २ नेपालगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अस्ट्रेलियामा रहेका राप्रपा आबद्ध नेताहरुले पठाएका आर्थित सहयोग बाट शुक्रबार नेपालगंज उपमहानगर पालिका वडा नम्बर ८ बस्दै आएका घसियारा समुदायलाई राहत बितरण गरिएको छ । अस्ट्रेलियामा रहेका राप्रपा आबद्ध नेताहरु गरेको अर्थिक सहयोग बाट राहत बितरण गरिएको राप्रपाका युवा सगठनका उपाध्यक्ष ऋषिराज देवकोटा समाजिक संजालमा उल्लेख गरे ।

राप्रपा पार्टिका केहि नेता तथा नेपालगन्ज उपमहनगरपालिका मेयर डा. धवल शमशेर राणा र वडा न ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य तथा वडा सदस्य हरुको उपस्तिथीमा राहात सामार्गी हस्तान्तरण गरेका छन् । नेपालगन्जमा रहेका अति विपन्न परिवार दैनिक घाँस काटेर आफ्नो जिविकापार्जन चलाउदै आएका घासमन्डिमा रहेका ३५ जना घसियारा लाई राहात बितरण गरिएको राप्रपाका नेता ऋषिराज देवकोटाले जनाएका छन् ।



