३१ जेष्ठ २०८१, बिहीबार

बाँकेमा थप ८ जनामा कोरोना संक्रमण, नेपालमा २५८ कोरोना संक्रमित,अहिले सम्म ३६ जना निको

एसीपी संवाददाता

२ जेष्ठ २०७७, शुक्रबार ०७:२० मा प्रकाशित

बाँकेमा थप ८ जनामा कोरोना संक्रमण, नेपालमा २५८ कोरोना संक्रमित,अहिले सम्म ३६ जना निको भएको पुष्टि बिश्व भरी संक्रमित
४,४४३,९८६ निको १,५८८,५०२ मृत्यु ३०२,४६८

जेठ २ नेपालगञ्ज । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो । बाँकेमा थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भारतबाट आएको पाइएको छ । केही साता अघि मात्र उनीहरु नेपाल आएका हुन । गाँउ पालिका प्रमुख मो. इृस्तिाक शाहले केही ब्यक्तिहरु भारतीय प्रहरीको डरले भारतीय नागरिकहरु समेत नरैनापुर गाँउ पालिकामा रहेको कुरा नेपालगंजको एउटा अनलाईन लाइ जानकारी गराएका थिए । उनीहरु नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका हुन् । केही साता अगाडि भारतबाट आएका हुन् । नेपाल भारत सिमा कडा हुदला कसरी प्रबेश गरे र कस्ले गर्न दियो् भन्ने चुनौती पनि प्रहरीलाइ भएको छ । नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । ८ जना फरक फरक समूहमा आएका थिए र दीपेन्द्र प्रावि भगवानपुर, नेराप्रावि र कृष्ण प्राविको क्वारेन्टाइनमा थिए । बिश्व भरी संक्रमित ४,४४३,९८६ निको १,५८८,५०२ मृत्यु ३०२,४६८ रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x