१७ मंसिर २०८०, आईतवार

एकै दिन २३०७ जना कोरोना संक्रमित , हाल सम्म २९२ जनाको मृत्यु

एसीपी संवाददाता

२ जेष्ठ २०७७, शुक्रबार १५:३५ मा प्रकाशित

अरशद शेष राई – साउदी अरेबिया / कोरोना भाइरसको महामारीका कारण साउदी अरेबियामा आज पनि नौ जनाको मृत्यु भएको पुष्टि साउदी स्वास्थ मंत्रालयले गरेको छ जब कि २३०७ जना नयाँ कोरोना संक्रमित भेटिएको पनि जनाएको छ ।साउदी अरेबियामा कोरोना भाइरसको महामारी दिनप्रतिदिन बढ्दै गएको बेला आज शुक्रबार पनि जद्दा ४४४, मक्का ४४३, रियाद ४१९, मदिना १५२, दम्म्माम १४८ र अल हाफुफ १२८ जना गरि एकै दिन २३०७ जना कोरोना संक्रमित भेटिएका हुन । शुक्रबार भेटिएको नयाँ कोरोना भाइरसको संक्रमित मध्य ४१ प्रतिशत साउदी नागरिक रहेका छन भने ५९ प्रतिशत बिदेशी नागरिक रहेको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ । साउदी स्वास्थ्य मंत्रालयले जनाए अनुसार कोरोना भाइरसको संक्रमित मध्य २८१८ जना नयाँ कोरोना संक्रमित उपचारपछि निको भएको बताएको छ । जस कारण साउदी अरेबियामा हाल सम्म कोरोना संक्रमितको उपचारपछि निको हुने संख्या २१,८६९ पुगेको छ ।बिश्वभरी आफ्नो महामारीको कारण तहलका मच्चाइ रहेको कोरोना भाइरस अर्थात कोभिड १९ का कारण साउदी अरेबिया हाल सम्म मृत्यु हुनेको संख्या २९२ पुगेको छ भने संक्रमितको संख्या ४९,१७६ पुगेको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ । जबकि कोरोना भाइरसबाट संक्रमित भएका २१,८६९ जना हाल सम्म उपचारपछि निको भएको बताएको छ । साउदी अरेबियामा हाल सम्म ५,००,००० भन्दा बढी मानिसहरुको कोभिड १९ टेस्ट भैसकेको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x