१७ कार्तिक २०८१, शनिबार

स्वस्थ र सकुसल भयौ भने मात्र भोलि हाम्रो हुनेछ

एसीपी संवाददाता

६ जेष्ठ २०७७, मंगलवार ०५:४९ मा प्रकाशित

डम्मरमान श्रेष्ठ
ब्यवस्थापक – गृहलक्ष्मी साकोष

हाल विश्व नै कोरोना भाइरस (COVID_19) बाट महामारी को चपेटामा छ । सरकारले यस बाट बच्न बिभिन्न किसिमका योजना बनाउदै लकडाउन , जनता कर्फ्यू, बिभिन्न क्षेत्रमा सिल तथा कोरोना लागेको शंकास्पद र देश बाहिर बाट आउने संक्रमित ब्यक्ति लाई परिक्षण गर्ने र कोरेनटाई मा राखेर कोरोना पोजेटिभ ब्यक्ति लाई आईसुलेशन मा डक्टर को निगरानी मा औषधी गर्ने गरेको अवस्था छ । पहीलो लकडाउन को एक महिना संक्रमित तथा प्राप्त कोरोना पोजेटिभ भएका ब्यक्तिहरू हातमा गन्न सकिने अवस्था थियो । तर केही देश बाहिर बाट आएर कोरेनटाईन मा नबसि लुकीछिपी बस्दै आई भाईरस सार्ने क्यारियर भने । उनिहरु आफ्नो , परिवार , समुदाय र देश को लागि बाह्य दुश्मन भन्दा खतरनाक साबित हुदै गईरहेको अवस्था छ ।

🏠

सरकार आफ्नो सत्ता बचाउन र किस्ता किस्तामा लकडाउन लाई आषाढ मसान्त सम्म लैजाने रणनीति मा छ भन्दा खासै फरक नपर्ला । सुरुमा कुनै खास असर परेको नदेखिएता पनि हाल बिभिन्न प्रदेश मा कोरोना संक्रमित ब्यक्ति दैनिक थपिदै जानु राम्रो होईन । यस समय यदि उच्च सतर्कता नअपनाउने हो भने भोली आउने दिन रोगको शिकार हून बाट हामी बच्न सक्ने छैनौ । खासगरी बित्तिय कारोबार गर्ने बैंक , बिमा , र सहकारी क्षेत्र आज प्रत्यक्ष ब्यक्ति संग सम्पर्क मा आईरहने हुंदा कोरोना को उच्च जोखिममा रहेको छ । हिजो मात्र बाँके जिल्लामा देखिएको कोरोना संक्रमित ब्यक्ति को संख्या र बाँके जिल्लामा एक युवक को मृत्यु जसको कारण कोरोना भएको पुष्टि ले जोखिम कति छ भनेर भन्नु नपर्ला ।

बाँके मा दुई वटा बैङ्क का कर्मचारी मा कोरोना पोजेटिभ देखिएको न्युज साथै बजार र बित्तिय संस्था मा कारोबार गर्दा सतर्कता अपनाउने कार्य नभएको कारण अव को आउने दिन अझै भयावह हुन सक्ने हुँदा हामी पनि सतर्कता अपनाउन बाध्य छौ । सदस्य तथा सरोकारवाला निकाय लाई जानकारी गराउन चाहन्छौं कि हामी स्वस्थ र सकुसल भयौ भने मात्र भोलि हाम्रो हुनेछ । तसर्थ यस रोग को रोकथाम सफल बनाउन सरकारले गरेको लकडाउनमा घर मा नै बसिदिनहुन अनुरोध छ ।

“स्वस्थ जिबन नै अमुल्य सम्पत्ति हो ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x