२१ कार्तिक २०८२, बिहीबार

कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

एसीपी संवाददाता

३ जेष्ठ २०७७, शनिबार ०६:२४ मा प्रकाशित

कपिलवस्तुका थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयलेशनिबार दिएको जानकारी अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालमा भैरहवामा भएको परीक्षणमा कपिलवस्तुको चन्द्रौटाका तीनजनामा संक्रमण पुष्टि भएको हो ।नयाँ संक्रमितमा शिवराज नगरपालिका चन्द्रौटामा २५, ३४ र ४४ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७६ पुगेको छ ।यसअघि शनिबार बिहान जारी गरेको विज्ञप्ति मार्फत ६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । शनिबार संक्रमण पुष्टि हुनेहरुमा बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका छन्

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x