१७ मंसिर २०८०, आईतवार

चलचित्र “कोभिड १९” जेठ ८ गते प्रदर्शन हुने

एसीपी संवाददाता

३ जेष्ठ २०७७, शनिबार ०८:१४ मा प्रकाशित

बिभिन्न शिर्षकका सफल नेपाली कथानक चलचित्रका लेखक तथा निर्देशक राज बहादुर सानेको लेखन तथा परिकल्पना रहेको चलचित्र “कोभिड १९” नामक नयाँ फिल्म प्रदर्शन हुने तयारीमा रहेको निर्देशक राज बहादुर साने एसिपी अनलाईन न्यूजलाई टेलिफोनमा मार्फत जानकारी दिएका छन् । “कोभिड १९” नामक नयाँ चलचित्रको पोस्टर समेत सार्बजनिक गरिएको छन् ।

बिश्वमा फैलिएको महामारीका रुपमा रहेको “कोभिड १९” कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहेन सोही बिषय बस्तुमा अधारित र यसको कारण जनमानसमा पर्न गएको मनोबैज्ञानिक असर निम्न बर्गीय र बिपन्न परिवारले भोग्न परेको पिडालाई चलचित्र मार्फत नेपाली जनता समक्ष देखाउने प्रयास रहको निर्देशक साने बताउछन् ।

स्वर्गद्वारी फिल्मको पोस्ट प्रोडक्सन रहेको फिल्ममा नारायण राई प्रपोज राई र दिलमाया बिश्वकर्माले आफ्नो अभिनयको कला देखाउने बताएका छन् । फिल्ममा रमेश बन गोसाइँले निर्देशन गर्ने छन् ।

फिल्ममा चेतन सागरको सम्पादन कलर करेक्सन र पार्स्व सङ्गीत रहेको छ । फिल्म जेठ ८ गते रोमि इन्टरटेन्मेन्टको यूटयूब मार्फत सार्बजनिक हुने बताएका छन् ।

चलचित्रका लेखक तथा निर्देशक राज बहादुर सानेले यस भन्दा आगाडी थूप्रै सफल चलचित्र पाठशाला, शिल्पा पोखरेलको मुख्य भुमिका रहेको फिल्म बृन्दाबन, बिरान्गाना ,डोली जस्तो फिल्म प्रदर्शनमा आएको हो भने लकडाउन सकिन लगत्तै मन्द-मन्द, पर्खी बसे फर्की आउछु प्रदर्शन गर्ने तयारी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x