१४ मंसिर २०८०, बिहीबार

शनिबार बाँके र बर्दिया थप ४० जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

२४ जेष्ठ २०७७, शनिबार ०८:४३ मा प्रकाशित


भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बाँकेका १२ र बर्दियाका २८ गरी ४० जनामा कोरोना पुष्टि भएको अस्पतालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यसै बीच बाँकेको खजुरा शुसील कोइराला प्रखर अस्पतालबाट शनिबार कोरोना संक्रमितबाट दुई जना निको भइ घर फर्किने लागेको अस्पताल श्रोतले जनाएको छ । नेपालगंज वडा नम्बरका २ निवासी एक जना पत्रकार र उनकी श्रीमति स्वास्थ्यकर्मी रहेको र दुबै आज निको भइ घर फर्किन लागेका हुन । \

बाँके खजुरा गाउँपालिकाका ८ जना, बैजनाथ गाउँपालिकाका ३ र नेपालगन्ज उपमहानगरपालिकाका १, बर्दियाको बासगढी नगरपालिकाका ५, बढैयाताल गाउँपालिकाका ३, गुलरिया नगरपालिकाका ११, मधुवन नगरपालिकाका ४ र राजापुर नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जानकारी दिएको छ । यो संग्गै देशमा अहिले सम्म कोरोना भाइरस बाट २ हजार ९ सय ५२ जना संक्रमित पुष्टि भएको छ भने हाल सम्म ११ जनाको मृत्यू भएको छ । यसका साथै ३ सय ३३ जनाको निको भइ घर फर्केका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x