१४ मंसिर २०८०, बिहीबार

आईसुलेसन,क्वाराईन्टाइनको उचित व्यवस्थान गर्न काँग्रेशको माँग,कृषि सामाग्री सहज तरिकाले उपलब्ध गराउन सभापति कोइरालाको आग्रह

एसीपी संवाददाता

६ जेष्ठ २०७७, मंगलवार ०८:४५ मा प्रकाशित


कोरोना भाइरस (कोभिड(१९) संग विश्व नै आतंकित भइरहेको छ । कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडिमा सबै खाले बिमती र आग्रहहरुबाट माथी उठेर नेपाली कांग्रेसले नेपाल सरकारलाई हरसंभव सघाउदै आइरहेको छ । यति वेला राज्यको मुख्य दायित्व भनेको कोरोना र भोकमरिबाट नेपाली नागरिकलाई जोगाउनु हो । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकामा हाल कोरोना भाईरसको संक्रमित संख्या अत्याधिक मात्रामा बढ्दो क्रममा रहेको छ ।

राज्यको लार्पर्वा्हिका कारण एक जनाको मृत्यु समेत भइसकेकोमा मृतक प्रती हार्दिक सम्वेदना र संक्रमित लाई शिघ्रस्वास्थ्य लाभको कामना गर्दछौं । यस्तो अवस्थामा पनि नरैनापुर गाउँपालिकामा आईसुलेसन र क्वाराईन्टाइनको उचित व्यवस्था नहुंदा संक्रमण पुष्टि भइसकेका र शंकाको घेरामा रहेका व्यक्तिलाई संगै राख्नुले झन बढी जोखिम व्यहोर्नु परेको छ । राज्यबाट उपलब्ध गराइनु पर्ने स्वास्थ्य परिक्षणका लागि आवश्यक किटहरु पटक(पटक माग गर्दा समेत उपलब्ध नभइ प्रयाप्त परिक्षण हुन सकिरहेको छैन ।

हजारौंको संख्यामा आवश्यक परेको किट उपलब्ध नहुंदा यस जिल्लाले झन धेरै जोखिम व्यहोर्नु परेको छ, तसर्थ यस जिल्लाको लागि आवश्यक कीट प्रयाप्त मात्रामा उपलब्ध गराई जिल्लाको परिक्षण कार्यलाइ फराकिलो पारीदिनुहुन तथा संक्रमण पुष्टि भइसकेका व्यक्तिलाई उचित आइसुलेसन तथा क्वारेन्टाइनको व्यवस्था मिलाउनुहुन प्रदेश सरकार , संघिय सरकार तथा संम्बन्धित निकाय संग नेपाली कांग्रेस बाँके हार्दिक अपिल गर्दछ । साथै यो समय कृषकका लागी महत्व पुर्ण समय भएको र देश लकडाउनको मार खेप्नुपरेकोले कृषकका लागी आवश्यक बिउ,मल लगायत कृषि सामाग्री सहज तरिकाले उपलब्ध गराउन नेपाली काँग्रेश बाँके सभापति किरण कोइरालाले हार्दिक अपिल गर्दे नेपाल सरकार संग माग गर्नु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x