७ कार्तिक २०८१, बुधबार

मदनको मार्ग दर्शन भुलेकाहरु ३ सय ६४ दिन रजगजमै मस्त-कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ/मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा २७ औँ स्मृति दिवस

एसीपी संवाददाता

३ जेष्ठ २०७७, शनिबार १४:१० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता धनराज गुरुङले मदनको मार्ग दर्शन भुलेकाहरु ३ सय ६४ दिन रजगजमै मस्त भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले यस्तो बताएका हुन् । मदनको खरानि बाट उठेका पाईलाहरु रातो कार्पेटकाथिको पदचापमा ब्यस्त देखिन्छन् भनेका छन् ।
साथै उनले मदनको आत्मा बोल्ने भए कति नेता गद्धार हुनेथिए होला भनेका छन् । २७औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेता गुरुङले मदन भण्डारीको हत्यारा पक्ता लगाउने वक्तव्यले हरेक वर्ष जेठ ३ गते मदनको आत्माले पोल्ने बताए ।
नेता गुरुङकै शब्दमा :- मदनको खरानीबाट उठेका पाइलाहरु , रातोकार्पेटमाथीको पदचापमै ब्यस्त देखिन्छन् ! मदनको मार्गदर्शन भुलेका मश्तिष्कहरु ३६४ दिनसम्म रजगजमै मस्त देखिन्छन् !! कतिपय नेताहरु गद्वार घोषित हुने थिए , मदनको आत्म आएर वोल्ने भए ! मदनको हत्यारा पत्ता लगाउने वक्तव्यले , हरेक वर्ष जेष्ठ ३ गते मदनको आत्म पोल्ने भए !! मदन – आश्रीत प्रति श्रद्धासुमन ! सभार / न्यूजएनपी२४७कम बाट /

यस्तै सडक दुर्घटनामा परी निधन भएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा २७ औँ स्मृति दिवस मनाइएको छ ।
दिवसका अवसरमा काठमाडौंको कोटेश्वरस्थीत मदन भण्डारी स्मृति बाटिका रहेको भण्डारीको शालिकमा माल्र्यार्पण गरिएको छ । माल्यार्पण कार्यक्रममा नेकपाका नेताहरु, भण्डारीका परिवारका सदस्य, शुभेच्छुक लगाएतको सहभागीता रहेको थियो । नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीले महत्वपूर्ण भूमिका रहेको छ । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा उहाँहरुको निधन भएको थियो । कोरोनाका कारण नेकपाले भने कुनै औपचारिक कार्यक्रम भने आयोजना गरेन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x