३ असार २०८१, आईतवार

पूर्वाधार जुटाउन समस्या भएपछि संक्रमण पुष्टि भएकालाई लाइन्स डेन्टल अस्पताल र कोहलपुरको कृषि विकास बैंक केन्द्र ३५ र १ जनालाई खजुरामा राख्ने निर्णय

एसीपी संवाददाता

६ जेष्ठ २०७७, मंगलवार १०:२३ मा प्रकाशित

संक्रमण पुष्टि भएको नरैनापुरकै लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाएर त्यही राख्ने रातभरको तयारी भएपनि पूर्वाधार जुटाउन समस्या भएपछि आज दिउँसोमात्र संक्रमित राख्ने ठाउँको टुंगो लागेको हो । लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाउने तयारीका लागि सदरमुकाम नेपालगन्जबाट बेडसहित स्वास्थ्य सामाग्री लिएर हिंजो साँझ स्वास्थ्यकर्मीको टोली नरैनापुर पुगेको थियो । तर लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा विद्युत विस्तार भएको छैन् । पानीको समेत चरम अभाव छ । यस्तो अवस्थामा संक्रमितहरुलाई त्यही राख्दा जोखिम झन बढ्ने भएपछि उनीहरुलाई कहाँ राख्ने भन्नेमै विहानसम्म व्यवस्थापन पक्षलाई तनाव भएको थियो । तर सिडियोको अध्यक्षतामा करिव चार घण्टा बसेको बैठकले संक्रमितहरुलाई नेपालगन्जको लाइन्स डेन्टल अस्पतालमा २३, कोहलपुरको कृषि विकास बैंक तालिम केन्द्रमा ३५ र १ जनालाई कोरोना अस्पताल खजुरामा राख्ने निर्णय भएको हो । संक्रमितहरुलाई कहाँ राख्ने भन्ने टुंगो नलाग्दा हिंजो उनीहरु संक्रमित नभएका व्यक्तिहरुसँगै क्वारेन्टिनमा बसेका थिए । आज विहान ९ बजेतिर मात्र स्वास्थ्यकर्मीको टोलीले संक्रमितहरुलाई क्वारेन्टिनबाट छुट्याएर जय किसान मावि नजिकैको आँप बगैचामा राखेका थिए । संक्रमितहरुलाई एम्वुलेन्समार्फत ल्याउने तयारी भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । यसअघि संक्रमण पुष्टि भएका नरैनापुरका ८ जनालाई दांगको बेलझुण्डी कोरोना अस्पतालमा राखिएको छ । यही पालिकामा कोरोनाबाट एकजनाको ज्यान गइकसकोेक छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x