१२ मंसिर २०८०, मंगलवार

१० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१

एसीपी संवाददाता

४ जेष्ठ २०७७, आईतवार ०३:४२ मा प्रकाशित

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो । आइतबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । यससँगै रौतहटमा मात्रै संक्रमितको संख्या १३ पुगेको छ ।

रौतहटको राजपुर नगरपालिकाका-९, फरहदवा निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष तथा इशनाथ नगरपालिका निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको प्रवक्ता अधिकारीले जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x