कोरोना भाईरसका कारण ३०२ जनाको मृत्यू, एकै दिन २,८४० जना संक्रमित भेटिएपछि देशमा त्रास


अरशद शेष राई- साउदी अरेबिया / बिश्व जगत नै कोरोना भाइरस अर्थात कोभिड -१९ को महामारीका कारण त्रसित बनेको बेला साउदी अरेबियामा पनि कोरोना भाइरस अर्थात कोभिड – १९ नामक महामारीलले गर्दा दिनदिनै कोरोना संक्रमितहरु बढ्दै गइरहेको कारणले त्रसित बनेको छ ।
दिनदिनै कोरोना भाइरस अर्थात कोभिड -१९ को महामारीका संक्रमितहरु बढ्दै गइरहेको बेला साउदी अरेबियामा त्यति बेला हड्कम मच्यो जति बेला एकै दिन साउदी अरेबियामा २,८४० जना नयाँ कोरोना संक्रमितहरु फेला परे जुन एकैदिन यति ठुलो संख्यामा संक्रमितहरु भेटिएका हाल सम्मको सबै भन्दा बढी हुन ।
साउदी अरेबियामा शनिबार एकैदिन अधिराज्यभरीबाट रिजाद ८३९, जद्दा ४५०, मक्का ३६६, मदिना २९०, दम्माम १८०, दरिइयवहा ८९, कताइफ ८०, अल- खोबर ७८, अल- जुबेल ७५, ताइफ ५७, यनबु ५०, अल- हाफुफ ४९, ताबुक ३८, बुरैदाह २४, हफर अल- बातीन २०, वादी दबासीर १९, जदरान १५ र बकीक १३ जना गरी २,८४० जना नयाँ कोरोना संक्रमितहरु भेटिएको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।
कोरोना भाइरसबाट साउदी अरेबियाको शहर मक्कामा हाल सम्म २२० जनाको ज्यान गएको छ भने २१,३५३ जना संक्रमित रहेका छन जबकि ९,९०३ जना उपचारपछि निको भई घर फर्किएका छन ।त्यसै गरि मदिना शहरमा कोरोना भाइरसबाट हाल सम्म ४१ जनाको ज्यान गएको छ भने ७,५७५ जना संक्रमित रहेका छन जबकि ३,०५० जना उपचारपछि निको भई घर फर्किएका छन ।यसैगरी रियाज शहरमा पनि कोरोना भाइरसबाट हाल सम्म १८ जनाको ज्यान गएको छ भने १०,५२९ जना संक्रमित रहेका छन जबकि ५,६६२ जना उपचारपछि निको भई घर फर्किएका छन ।कोरोना भाइरसबाट Eastern हाल सम्म १६ जनाको ज्यान गएको छ भने ९,८३१ जना संक्रमित रहेका छन जबकि ३,७०१ जना उपचारपछि निको भई घर फर्किएका छन ।
साउदी अरेबियाको शहर जिजान शहरमा पनि कोरोना भाइरसबाट हाल सम्म १ जनाको ज्यान गएको छ भने ८५१ जना संक्रमित रहेका छन जब कि ५९० जना उपचारपछि निको भई घर फर्किएको बताएको छ ।कोभिड -१९ को महामारीका कारण साउदी अरेबियामा शनिबार दस जनाको मृत्यु भएसंगै साउदी अरेबियामा हाल सम्म ३०२ जनाको ज्यान गइसकेको छ जबकि ५२,०१६ जना कोरोना संक्रमित रहेका छन ।
कोरोना भाइरसका कारण १,७९७ जना नयाँ संक्रमितहरु उपचारपछि निको भएका छन जस कारण हाल सम्म साउदी अरेबियामा २३,६६६ जना कोरोना संक्रमितहरु उपचारपछि निको भएको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।