१० माघ २०८२, शुक्रबार

विजयनगरमा दोस्रो पटकको २६ जनामा गरिएको पिसिआर परिक्षण ‘नेगेटिभ’

एसीपी संवाददाता

४ जेष्ठ २०७७, आईतवार ०६:०७ मा प्रकाशित

जेठ ३ -राम प्रघट कोरी –विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकामा दोस्रो दिन २९ गते २६ जनामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बैशाख सोमवार २६ जनामा पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ ।

शनिवार आएको सुचना अनुसार सबै रिपोर्ट नेगेटिभ आएको हो । भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायत विभिन्न ठाउँबाट आइ गाउँपालिका क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थिथो ।त्यस्तै बैशाख २८ गते ५० जनाको स्वाब संकलन गरिएकोमा पिसिआर परिक्षण नेगेटिभ आएको थियो । यसरी गाउँपालिकामा गरिएको पहिलो चरणको पिसिआर ७६ जना सबैको रिपोर्ट नेगेटिभ आएको थापाले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x