१२ मंसिर २०८०, मंगलवार

भारत सरकार द्धारा नेपाललाई ३० हजार पिसीआर किट सहयोग

एसीपी संवाददाता

४ जेष्ठ २०७७, आईतवार ०९:२२ मा प्रकाशित

भारत सरकारले नेपाली जनताको कोरोना परीक्षण गर्नका लागि नेपाल सरकारलाई ३० हजार पिसीआर किट सहयोगस्वरूप प्रदान गरेको छ। भारत सरकारको तर्फबाट नेपाललका लागि राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त किट प्रदान गरेका हुन्। माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट गुणस्तरीय पिसिआर किट आइतबार बिहान हस्तान्तरण गरिएको हो।  अप्रिल २२ मा राजदूत क्वात्राले २३ टन औषधि नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए। त्यसै सहयोगस्वरूप गरिएको औषधि र किटले महामारीको रुपमा रहेको कोभिडसँग लड्नलाई थप मद्धत गर्ने विश्वास गरिएको छ ।

भारतको यस कार्यबाट दुई देशलाई चुनौतीको सामना गर्न थप बल पुग्ने  र मिलेर काम गर्न हौसला प्राप्त हुनेछ। यस सहकार्यको सुरुवात मार्च १५ मा सार्कस्तरीय राष्ट्र प्रमुखको भिडियो कन्फ्रेन्समा भएको थियो। त्यसबेला भारतले विषम परिस्थितिमा भारत सरकार चुनौती र अप्ठयारो अवस्थामा नेपाल र नेपाली जनताको साथमा रहने बताएको थियो।सभार/ थाहाखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x