४ बैशाख २०८१, मंगलवार

नेपालमा कोभिड-१९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

एसीपी संवाददाता

४ जेष्ठ २०७७, आईतवार १३:०९ मा प्रकाशित

मन्त्रालयका अनुसार ती २५ वर्षीय पुरुष वैशाख ३० गते भारतबाट आएका दोस्रो व्यक्तिको मृत्यु भएको छ । नेपालमा कोभिड-१९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । ती युवाको गएराति ज्वरो तथा झाडापखाला लागेपछि स्वास्थ्यमा समस्या आएको थियो ।

नरैनापुरको मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको उनको बिहान ६ बजेर ४० मिनेटमा निधन भएको थियो ।ती युवाको शनिबार मात्रै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न लगिएको थियो ।

नरैनापुर गाउँपालिका वडा नं. ५ स्थित क्वारेन्टाइनमा आइतवार विहान एक युवकको मृत्यु भएपछि गाउँपालिकाले ब्यवस्थापन र प्रभावकारी तयारी नगरेको भन्दै तनाव उत्पन्न भएको छ ।
गतसाता बुधवार भारतको मुम्बईबाट आएका नरैनापुर ५ बस्ने युवकको क्वारेन्टाइनमा आइतवार एकाविहानै मृत्यु भएको थियो । उनीहरुको रेखदेखका लागि खटिएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइन क्षेत्रमा थिएनन् ।
विहान पुगेका उनीहरुलाई क्वारेन्टाइनमा बसेका युवाहरुले भित्र पस्न दिएनन् । शनिवार स्वाब संकलन भएकोले उक्त रिपोर्ट आएपछि मात्र थप के गर्ने भन्नेबारे प्रष्ट हुने नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।
आफ्नो साथीको शव त्यत्तिकै रहेको अवस्थामा आफु खाना र नास्ता केहि नखाने र आफुलाई घर पठाउनु पर्ने क्वारेन्टाइनमा बस्ने युवाहरुले माग अघि सारेका छन् । शव अहिले पनि क्वारेन्टाइनमै राखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x