१५ जेष्ठ २०८१, मंगलवार

कोरोना संक्रमणबाट सबै भन्दा बढी प्रभावित देश अमेरीका,रूसमा २ लाख ५२ हजार २४५ जना संक्रमित

एसीपी संवाददाता

५ जेष्ठ २०७७, सोमबार ०६:१७ मा प्रकाशित

फाइल / तस्बीर

कोरोना संक्रमणबाट सबै भन्दा बढी प्रभावित देश अमेरीका रहेको छ । त्यहाँ संक्रमणका जम्मा ८५ हजार ८८६ जनाको मृत्यु भएको छ र अमेरीकामा १४ लाख १७ हजार ५१२ जनामा संक्रमित रहेका छन् । यसपछि रूसमा २ लाख ५२ हजार २४५ जना संक्रमित रहेको छन् । कोरोनाले विश्वभरीलाई नै तहस नहस गरि रहेको छ । पहिले भन्दा संक्रमण घटाउनुको सट्टा, बढदै भएको छ ।  बिश्वमा हालसम्म, कोरोना भाइरसका बिरामीहरूको संख्या ४५ लाख भन्दा बढि रहेको छ । अहिले सम्म बिश्वमा ३ लाख ४ हजार ८४३ जनाको मृत्यू भई सकेको छ । १८८ देशहरुमा कोरोना सक्रमण फैलिएको छ ।

आइतबार सम्म महामारी अहिले रुसमा बढदै जाँदा रूस सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भएको दोस्रो मुलुक बनेको छ । कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ८१ हजार ७ सय ५१ पुगेको हो । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या भने दुई हजार ६ सय ३१ छ । रूसमा औसत दैनिक १० हजारको दरले संक्रिमित थपिँदै गएका छन ्। ग्त शनिबार मात्रै त्यहाँ ९ हजार दुई सय संक्रमित थपिएका थिए भने ११९ जनाले ज्यान गुमाएका थिए । गत वैशाख २१ गते रूस सबैभन्दा बढी कोरोना संक्रमित भएका मुलुकमा सातौं नम्बरमा थियो तर दुई सातामा यो दोस्रो स्थानमा उक्लिएको हो । आमनागरिकलाई मात्र नभइ रूसी प्रधानमन्त्री मिखाइल मिसुस्तिनमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । गत मंगलबार राष्ट्रपति भ्लादमिर पुटिनका प्रवक्ता डिम्ट्री पेस्कोभमा समेत कोरोना संक्रमण देखिएको उनले बताएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x