१७ मंसिर २०८०, आईतवार
सार्वजनिक स्थानमा मास्क नलगाए कडा सजाय दिने निर्णय


एजेन्सी । कतार सरकारले सार्वजनिक स्थानमा मास्क नलगाएको पाईएमा कडा सजाय दिने निर्णय गरेको छ । एफपीको रिपोर्टका अनुसार कतारमा मास्क नलगाएको खण्डमा संसारको सबैभन्दा कडा सजाय हुने छ । मानिसहरूलाई तीन वर्ष सम्म जेल पठाउन पनि सकिन्छ भन्दै कतर सरकारले निर्णय गरेको हो ।
साथै जरिवानाको रुपमा ठूलो रकम पनि तिर्नु पर्ने हुन सक्छ । यो मुस्लिम देशले कोरोनाको नियम तोड्नेलाई विश्वको सबैभन्दा कडा सजाय दिने छ । बतारमा कोरोना भाइरस धेरै छिटो फैलिरहेको छ । कतारमा कोरोना भाइरस संक्रमणको दर अरु देश भन्दा कतारमा बढि रहेको छ । कतारको जनसंख्या करीव २७ लाख रहेको छ । कतारमा अहिले ३० हजार भन्दा बढी व्यक्तिहरू संक्रमित भइसकेका छन । त्यँहा कोरोना भाइरसका कारण १५ भन्दा बढिको व्यक्तिको मृत्यु भइसकेको छ ।
Subscribe
Login
0 Comments