सोमबार नेपालगंजका कोरोना संक्रमित रिपोर्ट कसरी फेसबुक सम्म चर्चा


आज सोमबार नेपालगंजमा समाचार भन्दा नि समाजिक संजाल फेसबुक पोस्टका कारण तनाव उत्पन्न भएको छ । आज साँझाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनको प्रतिक्षामा धेरै जना सुन्न आतुर रहेका छन् । बिभिन्न ब्यक्तिहरुले सोमबार आफ्नो फेसबुक पोस्टमा पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगंज कोरोना संक्रमित संख्या एक्कासी बढ्ने आशंका ब्यक्त गरेका छन् । उता भेरी अस्पतालको रिपोर्ट कसरी फेसबुक संजालमा सम्म पुगेको भन्ने कुरामा प्रश्न उढ्न थालेको छ । अधिकारिक प्रमाण न हुदाँ समेत यसरी समाजिक संजालमा लेख्न मिल्ने कि मिल्ने हो । ब्यक्ति ब्यक्तिलाई अस्पतालको भित्रबाट नै गोप्य सुचना कहाँ र कसरी कस्ले सुचना दियो जुन कि फेसबुकमा भटा भटट् आयो । अझ बिश्वमा फैलिएको महामारीका रुपमा कोभिड १९ कोरोना भाईरसबाट संक्रमणको कुरा यति संबेदनशिल हुदाँ समेत सुचना बाहिर आउन उचित हो कि हैन । यस बारेमा नेपालगंजबासी समेत संबेदनशिल हुन जरुरी छ ।