गरीबलाई एक छाक टार्न समस्या समेत उत्पन्न,घर दैलो गई राहत बितरण


कोरोना भाइरसका कारण देशमा जारी लकडाउनले अहिले धेरै समस्या गरिब परिवारहरुमा परेको छ । गरीबलाई एक छाक टार्न समस्या समेत उत्पन्न हुदै आएकोले अहिले बिभिन्न समुदायका अगुवाहरु घर दैलो गई राहत बितरण शुरु गरेका छन् ।

यसै बीच विपन्न गरीब परिवार हरूलाई लंछित ईदको पुर्व संध्यामा नेपालगंजका मुस्लिम समाजले राहत बितरण गरेको छ । नेपालगंज उपमहानगरपालिकाको बिभिन्न टोलहरूमा बस्दै आएका १३० घर परिवालाई खाद्यान सहयोग गरेको छ । राहत बितरण यस समाजका समाजसेवी अगुवा मुन्ना मंसुरी मेराज अहमद हिमालय सारीक अलीको नेतृत्वमा बितरण गरिएको छ । समाजिक कार्य सधै आगाडी रहेका समाज सेवीहरुले यस भन्दा आगाडी थूप्रै स्थानहरुमा समेत राहत प्रदान गर्दे आएका छन् । हामी हामा्रे पहलमा सके जति सहयोग जुटाउने प्रयासरत रहेको समाज सेवी मेराज अहमद हिमालयले एसीपी अनलाईन न्यूजलाई जानकारी दिनु भयो ।

