बाँकेमा फेसबुकबाट गरेका भबिस्य वाणी सत्य,भेरी अस्पतालको प्रयोगशालामा १९० परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि

सोमबार बाँकेमा समाजिक संजाल फेसबुकबाट गरेका भबिस्य वाणी सत्य साबित हुदै बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि । भेरी अस्पताल स्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् । यसरी नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको छ ।

यसअघि सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका मध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेको नरैनापुर गाँउ पालिकामा एक जना गरी २ जनाको मृत्यु भएको छ । अहिले बाँकेको नरैनापुरको अवस्था तनाव भएको स्थानियहरुले बताएका छन् । संक्रमित ब्यक्तिहरुलाई कहाँ राख्ने भन्ने बारेमा समेत तनाव उत्पन्न भएको छ । बाँकेमा भारतको सिमा श्रावास्ती,बहाराइच बाट जोडिएकाले सिमाबाट अबैधनिक रुपमा केही ब्यक्तिहरु जंगलको बाटो लुकेर आउने गरेका थिए स्थानियहरुले बताएका छन् ।




प्रशाशन ले नरयनपुर र नेपालगन्ज सम्म जोड़ने बाटो लाई नै सील गर्दीनु पर्छ जस्तो लाग्छ ताकि अन्य ब्यक्ति म सरने संभावना न रहोस, हुन त प्रशाशन स्वयम मैं विवेक्सील छन