१७ मंसिर २०८०, आईतवार

एकैदिन २५ सय भन्दा बढी कोरोना संक्रमित

एसीपी संवाददाता

७ जेष्ठ २०७७, बुधबार ०९:०८ मा प्रकाशित

अरसद शेष राई – साउदी अरेबिया कोरोना भाइरस अर्थात कोभिड -१९ को महामारीले गर्दा बिश्वभरी नै डर र त्रास फैलिएको बेला खाडी मुलुकहरु मध्ये साउदी अरेबिया सबै भन्दा बढी कोरोना प्रभावित देश रहेको देखिएको छ ।

साउदी अरेबियामा कोरोना भाइरस अर्थात कोभिड -१९ को महामारीका कारण ६० हजारको नजिक संक्रमितहरु पुगी सकेका छन । भने ३ सय भन्दा बढीको ज्यान गइसकेको छ । कोरोना भाइरसको महामारीका कारण साउदी अरेबियामा मंगलबार एकैदिन २ हजार ५ सय ९ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन । जबकि मंगलबार नै कोरोना भाइरसका कारण ९ जनाको ज्यान गएको छ ।मंगलबार नयाँ थपिएको कोरोना भाइरसको संक्रमितहरु मध्ये साउदी अरेबियाको राजधानी रियाद ७३०, जद्दा ५२६, मक्का ३८५, मदिना २९६, हुफुफ ११७, खोबर ३७, जुबैल ३६ जना गरि २ हजार ५ सय ९ जना संक्रमितहरु थपिएको साउदी स्वास्थ्य मंत्रालयले जनाएको छ ।कोरोना भाइरस अर्थात कोभिड -१९ को महामारीका संक्रमित मध्ये एकै दिन मंगलबार २ हजार ८ सय ८६ जना उपचार पछि निको भइ फर्किएका छन ।

जबकि हाल सम्म साउदी अरेबियामा कोभिड -१९ महामारीको संक्रमित भएका ३१ हजार ६ सय ३४ जना उपचारपछि निको भई फर्किएको स्वास्थ्य मंत्रालयले जनाएको छ ।साउदी अरेबियामा मंगलबार सम्म कोरोना भाइरसका कारण ३ सय २९ जनाको ज्यान गएको छ भने ५९ हजार ८ सय ५४ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मंत्रालयले जनाएको छ ।खाडी मुलुक साउदी अरेबियामा उल्लेख्य संख्यामा नेपालीहरूले रोजगारी गर्दै आएका छन् ।

जसले गर्दा कोभिड -१९ को महामारीका कारण साउदी अरेबियामा थुप्रै नेपाली कामदारहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।साउदी अरेबियाको राजधानी रियादमा रहेको नेपाली दूतावासले केही दिनअघि मात्रै सार्वजनिक गरेको तथ्याङक अनुसार ६ सय ७४ जना नेपाली कामदारहरु कोभिड -१९ को सिकार भएको पुष्टि गरेको थियो । जबकि हालको दिन सम्म कोरोना संक्रमित नेपालीको संख्यामा पनि वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।साउदी अरेबियामा कोरोना भाइरसको महामारीका कारण हाल सम्म ४ जना नेपालीको पनि ज्यान गइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x