१२ मंसिर २०८०, मंगलवार

थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित हुनेको संख्या ४ सय ४४

एसीपी संवाददाता

८ जेष्ठ २०७७, बिहीबार ०४:०४ मा प्रकाशित

झापामा १५ सहित थप १७ जनामा कोरोना संक्रमण, संक्रमित नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ । बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो । बिहीबार संक्रमण पुष्टि भएकाहरुमा झापाका १५ जना, धनकुटा र सुनसरीका एक(एक जना रहेका छन् । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् । त्यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश एकमा मात्रै संक्रमितको संख्या ७६ पुगेको छ । प्रदेश १ मा सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा २७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जनामा संक्रमण पुष्टि भएको ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x