१५ जेष्ठ २०८१, मंगलवार

नरैनापुरका ४१ जना कोरोना संक्रमितलाई कोहलपुरको पिपरीस्थित विकास तालिम केन्द्रमा

एसीपी संवाददाता

८ जेष्ठ २०७७, बिहीबार ०४:३१ मा प्रकाशित

नरैनापुरका ४१ जना कोरोना संक्रमितलाई कोहलपुरको पिपरीस्थित विकास तालिम केन्द्रमा लगीएको छ । स्थानीयवासीको चर्को विरोधलाई बेवास्ता गर्दै प्रहरीले नेपालगञ्ज लायन्स डेन्टल आइसोलेसन सेन्टरमा रहेका ४१ जना कोरोना संक्रमितलाई पिपरीमा लगीको हो । इलाका प्रहरी कार्यालय, कोहलपुर र जिल्लाबाट डीएसपी शिवबहादुर सिंहको कमाण्डमा आएको टोलीले नाराबाजीमा उत्रिएका स्थानीयलाई हटाएर राति साढे १० बजे कोरोना संक्रमितलाई पिपरीमा राखेको छ । नरैनापुरमा ५९ जना संक्रमितमध्येमा केहीलाई पिपरीमा राख्ने निर्णय गरेपछि स्थानीयवासी निरन्तर आन्दोलनमा उत्रिएका थिए । विरोधमा उत्रिएकाहरु रातिसम्म नाराबाजी गर्दै रहेपछि जिल्लाबाट ठूलो संख्या प्रहरी परिचालन गरिएको थियो । बाँकेमा ९९ जना संक्रमित पुगिसकेका छन ्। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, पिपरीमा ४१ जना, खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन अस्पतालमा २८ जना, नेपालगञ्जको डेन्टल लायन्स आइसोलेसन सेन्टरमा २२ जना र दाङको बेलझुण्डीस्थित अस्पतालमा आठ जनालाई राखिएको छ । बिरामी नभएका संक्रमितलाई आइसोलेसन सेन्टर र बिरामी भएकालाई आइसोलेसन अस्पतालमा राख्ने गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x