युवा समाज भिस्वा द्धारा शुक्रबार रक्तदान कार्यक्रम


धर्मेन्द्र प्रसाद यादव -भिस्वा २३ जेठ । लकडाउनले गर्दा ब्लड बैकमा रक्तको अभाव भएको हुनाले युवा समाज भिस्वाले शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोसल डिस्टेन्सिङगलाई मध्यनजर गरि होटल चौक भिस्वामा आयोजित रक्तदान कार्यक्रममा दुई जना सशस्त्र प्रहरी र दुई जना जनपद प्रहरी सहित ३३ जनाले रक्तदान गरेका छन युवा समाज भिस्वा का अध्यक्ष मनोज पटेलले रक्तदान जिवन दान भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा रक्त दान गरि शुभारम्भ गरेका थिए ।

छिपहरमाई गा.पा. र मेडिया पार्ट्नर कालिका टाईम्सको सहयोगमा उक्त कार्यक्रम सम्मपन्न भएको छ । रयुवा समाज भिस्वाका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा सम्पन कार्यक्रममा प्रहरी निरीक्षक हरि पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो र कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले रक्तदान कायक्रमले समाजलाई जोड्ने काम गर्ने बताउनु भयो रयुवा समाज भिस्वाले आफ्नो सामाजिक उतरदायीत्व बहन गर्नपनि यस्ता काम गर्ने गरेको बताउदै जिवनको रक्षा हुने काम गरेको प्रति यस समाजलाई धन्यवाद समेत दिनुभएको थियो ।

सो कार्यक्रममा सशस्त्र प्रहरी बल बंजारीका प्रहरी निरीक्षक हरि कुमार पराजुली , प्रहरी चौकी भिस्वाका सई प्रेम बहादुर खत्री , पत्रकार आलोक कुशवाहा , स्वास्थ्य चौकी बंजारी का अ. ह.ेब. शनि साह ,नेपाल रेडक्रस सोसाइटीका सुजीत पटेल , सन्दिप कुशवाहा , प्रदीप चौरसिया लगायतको सहभागीता रहेको थियो ।