२१ कार्तिक २०८२, बिहीबार
थप ९ मा कोरोना संक्रमण पुष्टि कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३

थप ९ मा कोरोना संक्रमण पुष्टि कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको जानकारी दिएका हुन् । उनी श्रीलंकन गेस्ट हाउस क्वारेन्टाइन लुम्बिनीमा रहेका थिए भने झापाका १७ वर्षीय पुरुष, १८ वर्षीय दुई जना पुरुष, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्वारेन्टाइन कचनकवल झापामा रहेका थिए । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ ।
Subscribe
Login
0 Comments



