प्रहरीलाई स्वास्थ्य सामाग्री


आमजनताको रक्षाको लागि खटिने नेपाल प्रहरीलाई बिहिबार स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नेपाली काँग्रेस बाँकेकी महिला नेतृ तथा पुर्व सांसद आशा बिकले ईलाका प्रहरी कार्यालय धनौली खजुराका प्रहरीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो । सर्वसाधारणको सुरक्षाका लागि रातदिन खटिरहने प्रहरीलाई जनताले सहयोग दिएमात्र सुरक्षा हुन सक्ने भएकाले प्रहरीलाई बिहिबार स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

प्रहरी चौकीलाई एन ९५ मास्क ४० थान, सर्जिकल ग्लोब्स, सेनिटाइजर लगायतका सामाग्री उपलब्ध गराइएको हो । स्थानीय युवा अस्लम भाँटको सक्रियतामा सो सामानको व्यवस्थापन भएको हो ।

कोरोना भाइरसको संक्रमण देशमा चारैतिर प्रभाव बढी रहेको र प्रहरीहरुको निरन्तर सहयो गरी रहेकोले सो अवस्थामा सुरक्षा गर्ने प्रहरीसंग स्वास्थ्य सामाग्रीको अभाव भएपछि सो सामाग्री सहयोग गरिएको भाटले बताउनुभयो । प्रहरी चौकी धनौलीमा ४३ जना प्रहरी कार्यरत रहेका छन