१४ मंसिर २०८०, बिहीबार

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना निको भएर घर फर्किए

एसीपी संवाददाता

९ जेष्ठ २०७७, शुक्रबार ०६:३३ मा प्रकाशित

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट २१ जना कोभिड १९ कोरोना संक्रमित बाट निको भएर शुक्रबार डिस्चार्ज गरिएको छ । बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित २१ जना कोरोना भाइरसबाट मुक्त भएर घर फर्किएका छन् । खजुरा स्थित क्यान्सर अस्पतालको आइसोलेशनमा राखेर संक्रमितहरुको उपचार हुदै आएको थियो ।

शुक्रबार नेपालगंज उपमहानगर पालिका का उपमेयर उमा थापा मगर,बिभिन्न संचार क्षेत्रमा आबद्ध पत्रकारहरुको उपस्तिथीमा संक्रमितहरुलाई खादा ओढाएर स सम्मानका साथ ताली बजाउदै बिदा गरिएको छ ।

नेपालगंज वडा नम्बर ८ जोलाहज पुरवाको अन्सारी मस्जिदमा नमाज पढाउने अजान दिने ब्यक्ति कोरोना संक्रमित पुष्टि हुँदा केही दिन नेपालगंज तनाव ग्रस्त भएको थियो । नेपालगंजका ८ स्थानियबासीहरुले थप स्वाब संकलन हुनु पर्ने माँग गर्दे आई रहेका छन् । बिभिन्न समाज सेवीहरुले पटक पटक माँग गर्दे थप कोरोना संक्रमित क्षेत्रमा स्वाब संकलन गर्नु पर्ने र मस्जिदमा बिभिन्न घर परिवारका मानिस नमाज पढन् जाने गरेकाहरुका सम्पुर्णको चेकजाँच भयो व भएन जानकारी माँग गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x