बाँकेमा थप १४ जना कोरोना संक्रमित,देश भर संक्रमित संख्या ५०७ पुष्टि

बाँकेमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नरैनापुरमा अरु १३ जना थपिएका छन् भने राप्तीसोनारीमा पहिलोपटक एक जनामा संक्रमण देखिएको छ । नरैनापुरमा मात्रै संक्रमितको संख्या ८७ पुगेको छ भने बाँकेका ४ वटा स्थानीय तहमा संक्रमण देखिएको छ ।
जिल्लामा संक्रमितको संख्या १ सय १५ पुग्दा १ जनाको मृत्यु भएको छ । ७० जना निको भएका छन भने ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २०जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले संक्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जनामा कोरोना संक्रमण देखिएको बताए । शुक्रबार बिहान थप ३० जनामा संक्रमण पुष्टि भएको थियो । डडेलधुरा र बैतडीमा पहिलोपटक संक्रमण देखिएको हो । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।



