२४ घन्टा लकडाउन , शुक्रवार चन्द्रमा देखिएन आइतबार ईदुफित्र मनाउने

अरशद शेष राई -साउदी अरेबिया
साउदी अरेबियामा ईदुफित्रको चन्द्रमा अर्थात चाँद देखिनको लागि साउदी अदालतले साउदीमा हुने सबै मुस्लिम धर्मवालम्बीहरुलाई चन्द्रमा अर्थात चाँद देखिएको भए जानकारी दिन अपिल गरेको छ ।इस्लाम धर्मवालम्बीहरुको महानपर्व ईदुलफित्रलाई मध्ये नजर गर्दै सर्वच्च अदालतले जारी गरेको बयानमा भनेको छ कि आज शुक्रबार चाँद न हुन सक्छ यदि आज राती चन्द्रमा देखिएन भने शनिबार चन्द्रमा अर्थात चाँद हेरी आइतबार ईदुलफित्र मनाउने भएका छन ।
साउदी अरेबियामा पबित्र महिना रमजानको २९ रोजाको दिन शुक्रबार राती शव्वाल महिनाको चन्द्रमा अर्थात चाँद हेर्न साउदी अरेबियामा हुने जो सुकै मुस्लिमले आफ्नो नग्न आँखाले हेरेको भए अथवा दुर्बीनको माध्यमले हेरेको भए निकटतम अदालतमा या प्रधिकरणमा रिपोर्ट गर्न तथा आफ्नो गवाही पेश गर्नका लागि सर्वच्च अदालतले भनेको छ ताकी निकट्तम अदालत सम्म पुग्न सकोस ।साउदी अरेबियामा दिन दिनै बढ्दै गरेको कोरोना भाइरसको महामारीलाई ध्यानमा रख्दै साउदी सरकारले ईदुलफित्रको पाँच दिनको बिदाका कारण २३ माई देखि २७ माई सम्म पुरै साउदी अरेबियामा २४ घन्टा लकडाउनको एलान गरेको छ ताकी ईदको बिदाको दिन कोई पनि आफ्नो घर बाहिर निस्किन न सकुन ।
ईदुलफित्रको लागि यूएईको चाँद – दर्शन समितिले शुक्रवार चन्द्रमा अर्थात चाँदको खोजको लागि एक बैठकको घोषणा गरी देशको शरिया अदालतले समितिले सूचित गरिन्छ कि यदि उनीहरुलाई शुक्रवार राती चन्द्रमा देखिएन भने शनिबार चन्द्रमा हेरी आइतबार ईदुफित्र मनाउने बताएका छन ।



