२४ कार्तिक २०८२, आईतवार

बाँकेमा १२ जना कोरोना संक्रमित,४ जना डिस्चार्ज

एसीपी संवाददाता

२४ जेष्ठ २०७७, शनिबार ११:५५ मा प्रकाशित

नेपालगञ्ज – बाँकेमा १२ जना कोरोना संक्रमित थपिएका छन् । १२ जनामध्येमा आठ जना खजुरा, तीन जना बैजनाथ र एकजना नेपालगञ्जका छन् ।खजुरा गाउँपालिकाको वडा नं. ४ का सात जना र एकजना वडा नं. ५ का छन् । बैजनाथ गाउँपालिकाको वडा नं. ६ का दुई जना र वडा नं. २ का एकजना रहेका छन् । नेपालगञ्जको वडा नं. १ की ४१ वर्षकी महिलामा कोरोना पुष्टि भएको छ । बाँकेमा कोरोना संक्रमित २ सय ६७ जना संक्रमित पुगेका छन् । त्यसमा ४२ जना कोरोना जितेर घर फर्किसकेका छन् । भेरीमा शनिबार पुष्टि भएका २८ जना बर्दियाका छन् । बर्दियाको ११ जना गुलरिया, ५ जना बाँसगढी, तीन जना बढैया, चार जना मधुवन र ५ जना राजापुरका छन् । भेरी अस्पताल, नेपालगञ्जले एक बजे संक्रमितको लिष्ट सार्वजनिक गरेको हो । यस्तै आज खजुरा क्यान्सर अस्पतालबाट नरैनापुरका १र१ जना पुरुष र महिला र खजुराका १र१ महिला र पुरुष गरि ४ जना कोरोना नेगेटिभ भै डिस्चार्ज ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x