१२ मंसिर २०८०, मंगलवार

बाँकेमा २७ जना थपिए, संक्रमितको संख्या ५८४ पुग्यो

एसीपी संवाददाता

१० जेष्ठ २०७७, शनिबार १३:०३ मा प्रकाशित

नेपालगञ्ज ः शनिवार एकैदिन बाँकेमा २७ जना नयाँ संक्रमित थपिएका छन् । योसहित देशभरीमा शनिवार ३६ जना नयाँ संक्रमित भेटिएका हुन् । नरैनापुर गाउँपालिकाका मदरसाका ६ जना, वडा नं. ३ का १५ जना र वडा नं. १ का ६ जना नयाँ संक्रमित भेटिएका हुन् ।
यस्तै बैतडी शिवनाथ गाउँपालिकाका ४ जना पुरुष, झापाका १ जना र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ७ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ५ सय ५ पुरुष र ७९ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x