३१ जेष्ठ २०८१, बिहीबार

नेपालगञ्जमा रहेको कोरोना बिशेष अस्तपालमा क्षमताभन्दा बढि कोरोना संक्रमित

एसीपी संवाददाता

१० जेष्ठ २०७७, शनिबार १६:०६ मा प्रकाशित

बाँकेको नेपालगञ्जमा रहेको कोरोना बिशेष अस्तपालमा क्षमताभन्दा बढि कोरोना संक्रमित राखिएको छ । अस्पतालमा राख्न मिल्ने बिरामीभन्दा बढि संक्रमितहरुलाई राखिएको पाइएको हो ।

कोरोनाको महामारी फैलिएसंगै नेपालगञ्ज खजुरा रोडस्थित लायन्स डेन्टल अस्पतालमा निर्मित कोरोना बिशेष अस्थायी अस्पतालको क्षमता २३ जनाको छ । तर त्यहाँ अहिले अस्पतालको क्षमताको आधा भन्दा बढि संक्रमित राखिएको पाइएको छ ।

अस्पतामा अहिले बाँकेका ३६ जना कोरोना संक्रमितलाई एकै ठाउँमा हुलिएको छ । अस्पतालमा रहेको बेड भन्दा बढि गत ६ गते नै नरैनापुरका ५९ जनालाई डेन्टल अस्पतालमा ल्याएर राखिएको थियो । त्यसपछि संक्रमितमध्ये ४१ जनालाई कोहलपुरको पिपरीस्थित कृषि बिकास तालिम केन्द्रमा लगेर राखिएको थियो ।

शुक्रबार नरैनापुरका १३ र राप्तीसोनारीका १ जनामा कोरोना पुष्टि भएपछि नरैनापुरका १३ जनालाई पनि डेन्टल अस्पतालमा ल्याएर राखिएको छ । राप्तीसोनारीका संक्रमितलाई भने खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

केहीदिन अघि भेटिएका संक्रमित र पछि भेटिएका संक्रमितहरुलाई एकै ठाउँमा राख्न नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् । यसरी पछिपछि भेटिँदै गएका संक्रमितहरुलाई पहिलैकै संक्रमितसंगै राख्ने हो भने पहिलाका संक्रमितहरुको सन्चो हुने सयम फेरि बढ्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

यसैबीच क्षमताभन्दा बढि कोरोना संक्रतिहरु एकै ठाउँमा राख्दा स्वास्थ्यकर्मीहरुलाई गाह्रो भएको भन्दै लायन्स डेन्टल अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरुले शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा डेलिगेशन गएका छन् ।

ड्यूटीमा रहेका स्वासथ्यकर्मीलाई बिना सूचना नै अस्पतालमा क्षमताभन्दा बढि संक्रमित ल्याएर राखिएकोले व्यवस्थापन गर्न गाह्रो भएको भन्दै नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणासमक्ष गुनासो राखेका छन् ।

कोरोना बिषेश अस्पातल (लायन्स डेन्टल अस्पताल) मा खटिएका स्वास्थ्यकर्मी बिनोद बिसीले आफुहरुलाई सूचना नदिई संक्रमितहरु एकै ठाउँमा राखिदिनले कोचाकोचका कारण यस्तो गर्मीमा बाहिर निस्कने गरेकाले आफुहरुलाई जोखिम बढेको जानकारी दिनुभयो ।

यता भेरी अस्पतालका निमित्त मेसु डा. प्रकाश थापाले ठाउँ अभावका कारण त्यहाँ राखिएको बताउनुभयो । उहाँले जिल्लामा कोरोना संक्रमित व्यवस्थित गर्ने स्थान निर्माण भइरहेकाले अहिलेलाई त्यहाँ राखेको हुन सक्ने बताउनुभयो । यद्यपि आफुलाई त्यहा राखिएको आज (शनिबार) बिहान मात्रै जानकारी भएको स्पष्ट पार्नुभयो ।

गाह्रो भएको छ, पहिलो पटक यस्तो महामारीको सामाना गरिरहनुपरेको छ, डा.थापाले भन्नुभयो, सबैलाई यो अवस्थामा कहाँ कसरी व्यवस्थापन गर्ने भनेर तनाव भइरहेको छ ।सभार पश्चिम खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x