१४ मंसिर २०८०, बिहीबार
नरैनापुरबाट फरार कोरोना संक्रमित पक्राउ


नेपालगञ्ज ः बाँकेको नरैनापुर गाउँपालिकाबाट फरार भएका एक संक्रमितलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ ।
नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै शुक्रवार राति फरार भएका एक जनालाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
संक्रमित पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेपछि संक्रमित उनी क्वारेन्टिनबाट बाहिर निस्किएका थिए
Subscribe
Login
0 Comments