७ कार्तिक २०८१, बुधबार

विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बिश्व नै महामारीको ठूलो चपेटमा

एसीपी संवाददाता

११ जेष्ठ २०७७, आईतवार ०३:०८ मा प्रकाशित

यूवा दिपक कुमार वैश्य
हाल विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बिश्व नै महामारीको ठूलो चपेटमा छ ।
नेपाल सरकारले यस बाट बच्न विभिन्न किसिमको योजनाहरु बनाउँदै लकडाउन, जनता निषेधज्ञा ,प्रत्येक क्षेत्रमा सिल तथा कोरोना लागेको शङ्कास्पद र देश बाहिर बाट आउने संक्रमित व्यक्ति लाई परीक्षण गर्ने र कोरेन्टाईनमा राखेर कोरोना पोजिटिभ व्यक्तिलाई आईसोलेशनमा डाक्टरको निगरानीमा गर्ने अवस्था छ ।

हालको रिपोर्ट हेर्दा संक्रमित ब्यक्तिहरु थुप्रै हुन सक्छन् तर सके जति पहल नेपाल सरकारले गर्दै आएको सो अवस्थामा हामी नेपाली जनताको पनि केही जिम्मेवारी छ कि हामी सबै आ आफनो घरमै बसौं । अहिले देश भरी कोरोना संक्रमितबाट रिकभर भएको ब्यक्ति निको हुने क्रम जारी नै छ तर हामी सचेत हुन जरुरी छ । यसलाई मध्ये नजर गर्दै ।

हामी यूवाहरु पनि सचेत हुन जरुरी छ । मेडिकल सेल्स अफिसरको हैसियतले पनि हजुर समस्त देश वासीहरु लाई यो कोरोना भाइरस जस्तो महामारी बाट आत्तिनु पर्दैन तपाईंहरूलाई तर तपाईहरु सरकारले गरेको नियम पालन र समयमा चेक जाँच गर्न आउने स्वास्थ्य निकायलाई पनि सहयोग गर्न पनि सक्नु नियमको पालन गर्नुका साथै आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ जस्तै की धेरै भीड भाड मा आफू र आफ्नो परिवारलाई नजाऊ नजान देऊ,दैनिक दुई पटक सफा पानीमा डेटोल हालेर नुहाउनु ,बेला बेलामा साबुन पानीले हात ,मुख,खुट्टा धुनु , अति आवश्यक काममा मात्र बाहिर निस्कनुका साथै कम से कम १ मिटरको दुरीमा बसेर कुनैपनि सामानहरू किन्ने वा बेच्ने काम गर्नु का साथै मास्क र कभलष्तष्शभच को प्रयोग गर्ने बानी बसाउनु पर्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x