७ कार्तिक २०८१, बुधबार

चिनियाँलाई ५ हजार धरौटीमा छाड्न आदेश

एसीपी संवाददाता

१० जेष्ठ २०७७, शनिबार १५:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिकलाई छाडेको छ ।

ओली सरकारको निर्देशनमा चल्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी कुट्ने चिनियाँलाई ५ हजार धरौटीमा छाड्न आदेश दिएपछि अभियुक्तहरू छुटेका छन् ।

काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले चिनियाँ अभियुक्तलाई बुधवार छाडिएको जानकारी दिए । चिनियाँ नागरिकहरू घर फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा बैशाख २६ गतेमा पक्राउ परेका थिए ।

नियन्त्रण लिन खोज्दा प्रहरीलाई चिनियाँ नागरिकले कुटेका थिए । चिनियाँ नागरिकले प्रहरी कुटिरहेको भिडियो भाइरल भएको थियो । त्यसक्रममा सिंहदरबार प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र १ जना प्रहरी जवान घाइते भएका थिए । तर सरकारले चिनियाँलाई ५ हजार धरौटीमै छाडेको छ । सभार जेन १ न्यूज ८ गते

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x