७ कार्तिक २०८१, बुधबार

साउदीमा दिनदिनै हजार भन्दा बढी संक्रमित थपिदै, नेपाली संक्रमितको संख्या १ हजार नाघ्यो

एसीपी संवाददाता

११ जेष्ठ २०७७, आईतवार ०३:२३ मा प्रकाशित

अरशद शेष राई- साउदी अरेबिया

कोरोना भाइरस अर्थात कोभिड -१९ को महामारीले गर्दा बिश्व नै डर र त्रासले गुज्रिएको बेला साउदी अरेबियामा पनि दिनदिनै हजारौ हजारको संख्यामा नयाँ कोरोना संक्रमितहरु थपिदै गएका छन जबकि हजारौ हजारको संख्या मै संक्रमितहरु दिनदिनै उपचारपछि निको भइ घर फर्किएका छन । बिगत लामो समय देखि कोरोना भाइरस अर्थात कोभिड – १९ ले आफ्नो महामारीले गर्दा बिश्वजगतलाई त्रसित बनाएको बेला साउदी अरेबियामा शनिबार एकैदिन २ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन जबकि २ हजार भन्दा बढी एकैदिन कोरोना संक्रमितहरु उपचारपछि निको भई घर फर्किएका हुन ।

कोरोना भाइरसका संक्रमितहरु दिनदिनै थपिदै गएको कारणले साउदी अरेबियामा कोरोना संक्रमितको संख्या ७० हजार भन्दा माथि पुगेको छ जबकि हाल सम्म कोभिड -१९ ले गर्दा ज्यान जानेको संख्या ४ सयको हाराहारीमा पुग्न लागेको हो । जबकि कोरोना भाइरसले हाल सम्म्म ४१ हजार भन्दा बढी संक्रमितहरुको उपचारपछि निको भैई घर फर्किएको साउदी स्वास्थ्य मंत्रालयको तथ्यांकले देखाउन्छ । साउदी अरेबियामा शनिबार एकैदिन नयाँ भेटिएका २ हजार ४ सय ४२ जना कोरोना संक्रमित मध्ये साउदी अरेबियाको राजधानी रियादमा ७९४, मक्का ४६६, जद्दा ४४४, मदिना २७३, दम्माम ७९ र जुबेल ७७ जना जस्तै गरि थपिएका छन । जबकि संक्रमित भएका २ हजार २ सय ३३ जना कोरोना संक्रमितले उपचारपछि निको भइ एकैदिन घर फर्किएका छन । साउदी अरेबियामा हाल सम्म कोरोना संक्रमितको संख्या ७० हजार १ सय ६१ जना पुगेको छ भने कोरोना भाइरसले हाल सम्म ज्यान लिनेको संख्या ३७९ पुगेको छ ।

जबकि कोरोना भाइरसले हाल सम्म संक्रमित भएका ४१ हजार २ सय ३६ जना उपचारपछि निको भइ घर फर्किएको स्वास्थ्य मंत्रालयको तथ्यांक छ । कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाको मक्का शहरमा २ सय ८० जनाको ज्यान गएको छ भने २७ हजार ५ सय १५ जना संक्रमित रहेका छन जबकि १५ हजार ४ सय ३६ जना उपचारपछि निको भई घर फर्किएका छन । त्यसैगरी साउदी अरेबियाको शहर मदिनामा कोरोनाको संक्रमणले ४४ जनाको ज्यान गएको छ भने ९ हजार ४ सय ९३ जना कोरोना संक्रमित रहेका छन जबकि ६ हजार ५ सय २७ जना उपचारपछि निको भैई घर फर्किएका हुन । यसैगरी साउदी अरेबियाको राजधानी रियाद शहरमा कोभिड – १९ ले गर्दा हाल सम्म २३ जनाको ज्यान गएको छ भने १६ हजार १ सय ३ जना कोरोना संक्रमित रहेका छन जबकि ८ हजार ८ सय २३ जना उपचारपछि निको भई घर फर्किएका छन । साउदी अरेबियाको पुर्बी क्षेत्रबाट २२ जनाको कोरोना संक्रमणले ज्यान लिएको छ भने १३ हजार २ सय ६५ जना कोरोना संक्रमित रहेका छन जबकि ८ हजार २ सय १९ जना उपचारपछि निको भई घर फर्किएका छन । त्यसैगरि साउदी अरेबियाको जिजान शहरमा हाल सम्म एक जनाको कोरोनाको कारण ज्यान गएको छ भने ९ सय ३३ जना कोरोना संक्रमित रहेका छन जबकि ७ सय ८७ जना उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य मंत्रालयको तथ्यांक रहेको छ ।

यसै गरि रोजगारीको शिलसिलामा साउदी अरेबियामा रहेका १ हजार ३ सय ६४ जना नेपाली कोरोना भाइरसको संक्रमित रहेका छन । जबकि कोरोना भाइरसले ७ जना नेपालीको ज्यान लिएको छ । साउदी अरेबियाको राजधानी रियाद क्षेत्रमा २९९, पूर्बी क्षेत्रमा ६९५, जेद्दा क्षेत्रमा १७६, मक्का आसपासको क्षेत्रमा ६५, मदिना ७२, जिजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरि नेपाली संक्रमित रहेका छन । त्यसतै कशिम क्षेत्रमा १९ जना र अन्य क्षेत्रमा ३ जना नेपाली संक्रमित रहेको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x