१० माघ २०८२, शुक्रबार

दैनिक भारतबाट नेपालीहरु फर्किने क्रम जारी,क्वारेन्टाईनमा बेवस्था कमजोर

एसीपी संवाददाता

११ जेष्ठ २०७७, आईतवार ०६:३८ मा प्रकाशित

नेपाल- भारत सीमा-नाका नेपालगन्जको जमुनाह भन्सार बाट आउने नेपाली हरु लर्को भएको छ । दैनिक १५ सयको हाराहारीमा नेपालीहरू स्वदेश भित्रिने गरेका छन् । भारतका विभिन्न शहरमा कामको सिलसिलामा गएका नेपाली लामो समय लकडाउनको कहरले नेपाल फर्किन पाएका थिएनन् । जब सरकारले भित्रिन खुकुलो बनायो, तब उनीहरू धमाधम भित्रिन थालेका हुन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस भारतमा पनि व्यापक बन्दै गएसँगै र लकडाउनका कारण मारमा परेसँगै कमाउन गएका नेपाली धमाधम भित्रिन थालेका हुन् । दैनिकजसो नेपालगन्ज भन्सार नाकामा भारतबाट आउने नेपाली र नेपालबाट भारत जाने भारतीय नागरिकको भीड उत्तिकै देख्न सकिन्छ ।

शुक्रबार भारतबाट करिब १५ सयको हाराहारीमा नेपालीहरू भित्रिएका थिए । हरेक जिल्लाका उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडा कार्यालयले आ(आफ्नो स्थानीय तहका नागरिक लिन नेपालगन्ज भन्सार नै पुग्ने गरेका छन् । आफ्ना नागरिक बाटोमै दुस्ख नपाउन् भनेर शुक्रबार बर्दिया जिल्लाका जिल्ला सम्मन्वय समितिका प्रमुख शंकर प्रसाद थारु आफैँ नेपालगन्ज भन्सार नाका पुगेर हरेक स्थानीय तहमा पठाउने पहल गरिरहनु भएको थियो । बर्दियाका बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, राजापुर, बार बर्दिया नगरपालिका र बाँसगढी नगरपालिकाका नागरिकलाई टिपर र ट्रकमा राखेर स्थानीय तहसम्म लगेको उहाँले जानकारी गराउनुभयो । ‘बर्दियाका हरेक स्थानीय तहका नागरिकहरुलाई लैजाने हाम्रो कर्तव्य हो,’ उहाँले भन्नुभयो, ‘देशै आक्रान्त रुपमा रहेको हुनाले राज्यलाई भार पर्न नदिन हामी आफै आफ्नो जिल्लाका नागरिकलाई दैनिक गाडीको व्यवस्था गरेर लैजाने गरेका छौँ ।’

शुक्रवार करिव राति अबेरसम्म बर्दियाका करिव १५० जना नागरिकलाई उनीहरूको स्थानीय तहमा पु¥याई सोही ठाउँका क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो । जिल्ला सम्मन्वय समिति बर्दियका प्रमुख शंकर प्रसाद थारु, मैनापोखर इलाका प्रहरी कार्यालयका प्रमुख हिम खत्री लगायतको टिम भन्सार नाकामै पुगी जिल्लाका नगारिकलाई उद्धार गरी स्थानीय क्वारेन्टाईनमा राख्न खटिएका थिए । यसअघि जेठ ७ गते बुधबार ३५ सयको हाराहारीमा नेपालीहरू भित्रिएका थिए भने यो भन्दा अगाडि ७१४ जना नेपाली नेपाल भित्रिएका थिए । नेपालबाट भारततर्फ जाने भारतीय नागरिक पनि उत्तिकै मात्रामा रहेको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x