१७ मंसिर २०८०, आईतवार

स्थानिय नेताहरुको गैर जिम्मेदाराना कार्य पछि, नरैनापुरमा सेना

एसीपी संवाददाता

११ जेष्ठ २०७७, आईतवार १०:४८ मा प्रकाशित

बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । कोरोना संक्रमितलाई आईसोलेसनमा लैजानेक्रममा अवरोध गर्नका साथै संक्रमितहरुलाई जबरजस्ती कोरेन्छाइन्बाट भगाउने कार्य हुन थालेपछि सेना परिचालन गरिएको हो ।
जिल्ला सुरक्षा समितिले नरैनापुरमा विशेषज्ञ चिकित्सक सहित थप स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सेनानीको कमाण्डमा सैनिक टोली परिचालन गर्न लागिएको भैरवनाथ गणका गणपति प्रमुख सेनानी नहकुल थापाले जानकारी दिनभुयो । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार कोरोना संक्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र कायम गरिएको छ । नरैनापुरमा एकजना मृतक सहित ११४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय । नरैनापुरमा सुरक्षामा खटिएका एकजना प्रहरी जवानमा समेत संक्रमण देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x