७ कार्तिक २०८१, बुधबार

आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३

एसीपी संवाददाता

११ जेष्ठ २०७७, आईतवार १२:०५ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । मन्त्रालयले आइतबार दिउँसो थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा मोरङका १, बाराका १, पर्साका ३, रौटहटका १, सर्लाहीका १, रुपन्देहीका ३ र काठमाडौंका १ जनामा संक्रमण देखिएको बताए ।

त्यसैगरी नुवाकोटका १, रुपन्देहीका ३, कपिलवस्तुका ३ र गुल्मीका १ जनामा संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ जसमा आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x