सशस्त्र प्रहरी द्वारा सिमामा हुने अपराध तथा कोरोना भाइरस सम्बंधि जनचेतना मूलक कार्यक्रम

अजय मिश्र,कृष्णनगर कपिलवस्तु,फाल्गुन २२
सशस्त्र प्रहरी बल नेपाल नं ५ विंध्यवासिनी
बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल कृष्णनगरले कृृष्णनगर नगरपालिका वडा नं १ को वडा कार्यालयमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हे.क्व. राजस्व भन्सार तथा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तुले आफ्नो जिम्मेवारी ईलाकामा पर्ने बिशेष गरी सीमाको परिचय , सीमाको प्रकार , सीमा क्षेत्रमा हुने बिभिन्न अपराधिक क्रियाकलाप , उक्त क्रियाकलाप रोकथाम गर्ने उपाय तथा हालै मात्र चिन लगायत बिभिन्न राष्ट्रहरुमा र नेपाललाई समेत उच्च जोखिममा रहेको भनिने कोरोना भाईरसको बारेमा जानकारी तथा सशस्त्र प्रहरी बल नेपाल र स्थानीय जनता बिचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको कुरा सोही गुल्मका गुल्मपति स.प्र.ना.उ.सुशिल कुमार शाहीले सचेतना मुलक कार्यक्रम संचालन गर्नु भएको कुरा जानकारी दिनु भयो साथै उक्त कार्यक्रमले जनता माझ राम्रो सचेतना आएको कुरा स्थानीय जन बुझाइ रहेको छ । जनचेतना मुलक कार्यक्रममा सशस्त्र प्रहरी, जन प्रतिनिधि, स्थानीय , व्यापारी, पत्रकार लगायत अन्य गरि लगभग सयौंको संख्यामा उपस्थित रहेको थियो ।
