३१ जेष्ठ २०८१, बिहीबार

गाउपालिकाद्वारा पत्रकारलाई सुरक्षा सामाग्री प्रदान

एसीपी संवाददाता

११ जेष्ठ २०७७, आईतवार १२:३३ मा प्रकाशित

संजय कुशवाहा – नवलपरासी

– पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका द्वारा क्रियाशिल पत्रकारहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराएको छ । गाउपालिका क्षेत्रभित्रका ७ जना क्रियाशिल पत्रकारहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराएको हो । जिल्लामा कोरोना भाईरसको संक्रमितको संख्या बढे पछि संक्रमण विरुद्ध लडाईमा अग्रसर भै काम गरिरहेका ति पत्रकारहरुलाई आईतवार १-१ पिस केएन-९५ माक्स, एक पिस ह्यान्ड ग्लोप्स र एक पिस सेनिटाईजर उपलब्ध गरेको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागी गाउँपालिकाले बिभिन्न किसीमको योजना संचालन गरेको साथै आउने दिनहरुमा पत्रकारहरूलाई थप सहयोग गर्ने शर्माले बताए । (कोविड -१९) कोरोना महामारीको समयमा आफ्नो स्वास्थ्यको परवाह नगरी दिनरात बिभिन्न क्षेत्रहरुमा खटि सुचना संम्प्रेषण गरिरहेका सुरक्षा सामाग्रीले पत्रकारहरुलाई सुरक्षा प्रदान हुने र क्रोना विरुद्धको लडाईमा सुरक्षित र सचेत भै काम गर्न शर्माले आग्रह गर्नु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x