११ जेष्ठ २०८१, शुक्रबार

बाँकेमा थप ४ सहित संक्रमित संख्या १४६ बर्दियामा पनि १ जना संक्रमित पुष्टि

एसीपी संवाददाता

११ जेष्ठ २०७७, आईतवार १४:१९ मा प्रकाशित


बाँकेमा थप ४ र बर्दियामा १ जना कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको पीसीआर परीक्षणमा बाँकेका ४ जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानका कामु रजिस्टार कैलाशप्रसाद देवका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ यस्तै बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । कोभिड १९ कोरोना संक्रमण अहिले बाँके जिल्लामा १४६ जनामा संक्रमित पुष्टि भएको हो जस मध्ये एक जनाको मृत्यू भएको छ । बाँकेको नरैनापुरमा सबै भन्दा कोरोना संक्रमित पुष्टि भएको हो । नरैनापुरमा स्थानियहरुले संक्रमितहरुलाई जबरजस्ती भगाउन खोज्दा र संक्रमित ब्यक्तिहरु स्वयम् भाग्ने प्रयास गरेको कारण प्रशासनले त्यहाँ निषेधज्ञा लागु गरेको छ सेना को एक टाृेलि तैनात गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x