१४ मंसिर २०८०, बिहीबार

पकाहा मैनपुर गाउँपालिका को वडा नम्बर ०२ मा राहत वितरण

एसीपी संवाददाता

१२ जेष्ठ २०७७, सोमबार ०७:३८ मा प्रकाशित

धर्मेन्द्र प्रसाद यादव -पर्सा ११ जेठ / पकाहा मैनपुर गाउँपालिका को वडा नम्बर ०२ मा प्रदेश सरकार र घरेलू तथा साना उद्योग पर्साको सहयोगमा राहत वितरण गरिएको हो। पकहा मैनपुर गाउँपालिका को वडा नम्बर ०२ को कार्यालय बाट राहत वितरण गरिएको थियो। राहत वितरण गाउँपालिकाको वडा नम्बर ०२ का वडा अध्यक्ष बृजमोहन पाण्डे को रोहबरमा मा वितरण गरिएको हो। २५ केजी चावल , २ केजी मसुरी को दाल , १ वटा नुहाउने साबुन , ५०० ग्राम सोयाबिन , १ केजी करु तेल र १ केजी नमक गरी ९३ वटा प्याकेज तयार गरी वितरण गरिएको हो।

उक्त राहत वितरण मा वडा सदस्य गोपाल बैठा , जगदिश दास, सोना देवी सिला देवी , वडा सचिव हरिन्द्र चौरसिया , सहायक शिवशंकर साह प्रहरी बेश क्याम्प सुर्जहा कट्टी का अ. स.ई. ज्ञान बहादुर श्रेष्ठ ,सीमा सुरक्षा बल पाकाहा मैनपुर का अ.श.ई. विशाल मगर , स. प्र. ब. ह. विमल बहादुर कुमार , बुद्धिजीवी दीनानाथ साह , विकास पाण्डे र राकेश कुशवाहाको उपस्थिति रहेको थियो। पाकहा मैनपुर गाउँपालिका को वडा नम्बर ०२ मा ५ वटा गाउँ रहेको छ । उक्त गाउँ हरु मा वडा अध्यक्ष बृजमोहन पाण्डे र वडा सदस्य हरु आफै गई अनुगमन गरी अति गरीब असहाय परिवार देखि नाम लेखी लिस्ट तयार गरी अति गरीब , विपन परिवार लाई राहत वितरण गरिएको हो । भने वडा अध्यक्ष बृजमोहन पाण्डे ले बताउनु भयो। अति विपन्, गरीब , असहाय परिवारका प्रत्येक घर बाट १/१ जनालाई बोलाई नागरिकता को फोटोकपी लिई, सामाजिक दूरी कायम प्रत्येक ब्यक्ति लाई १/१ वटा प्याकेज वितरण गरिएको हो।भने वडा सचिव हरीन्द्र चौरसिया ले बताउनु भयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x