१७ मंसिर २०८०, आईतवार

ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह

एसीपी संवाददाता

११ जेष्ठ २०७७, आईतवार १५:१२ मा प्रकाशित

कृष्णनगर कपिलवस्तु – जेष्ठ, ११ /

राष्ट्रिय मदरसा संघ नेपालले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । संघका अध्यक्ष डा.अब्दुल गनी अल्कुफीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गरेका हुन् । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गई सामुहिक नमाज आदा गर्ने प्रचलन रहेको छ । रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गरेका थिए । प्रदेश नं. ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले देशभर रहेका इस्लाम धर्मावलम्बीहरुलाई ईदका दिन सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुशी त्यागेर भएपनि घरमै बसेर नमाज पढ्न आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन।

उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गरे । यस्तै उपाध्यक्ष नेपालीले देशको कुनैपनि ठाउँबाट आज (आइतबार ) चन्द्रमा देखिए ईदु–उल–फित्रको नमाज सोमवार आदा गरिने बताए । इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गर्दछन् । रमजानको अन्तिम दिन ईद–उल–फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने छ । आइतबार रमजान महिनाको अन्तिम (३० औं) दिन रहेको छ । यसैबीच गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x