७ कार्तिक २०८१, बुधबार

गुल्मि कालीगण्डकी गाँउपालिका द्धारा कन्चनपुरबाट सत्यवति र कालीगण्डकीका अलपत्र १७ जनाको उद्दार

एसीपी संवाददाता

११ जेष्ठ २०७७, आईतवार १५:३५ मा प्रकाशित

अमृत भट्टराई – बिहादी, पर्वत ।

गुल्मिको कालिगण्डकी गाँउपालिकाले नेपाल भारत सिमा क्षेत्रमा अलपत्र १७ जनालाई कन्चनपुरबाट उद्दार गरेको छ । उद्दार गरिएका मध्य १२ जना कालिगण्डकी गाउँपालिका र ५ जना गुल्मिकै सत्यवति गाँउपालिकाका रहेका छन् । आरडीटी परिक्षण लगायत आवश्यक प्रकृया पुरा गरेर कञ्चनपुरको महाकाली नगरपालिका संगको समन्वयमा उनिहरुको उद्दार गरिएको हो । उद्दार गरिएकाहरुलाई कालिगण्डकी गाँउपालिकाका बिभिन्न वडाहरुमा निर्माण गरेको क्वारेन्टाइनमा राखिएको गाँउपालिका अध्यक्ष बेद बहादुर थापा ले जानकारी दिनुभयो ।

अझै पनि नेपाल भारत सिमा क्षेत्रमा कालिगण्डकी गाँउपालिकाका दर्जनौ जनताहरु अलपत्र अवस्थामा रहेको र उनिहरुलाई पनी आवश्यक प्रकृया पुरा गरेर उद्दार गरिने बताउँदै गाँउपालिका अध्यक्ष थापाले धैर्य गर्न आग्रह गर्नुभयो । उहाँले कालिगण्डकी गाँउपालिका गाँउपालिकाबासीको साथमा रहेकोले सवैले आआफ्नो ठाउँबाट सहयोग पुर्याउन आग्रह गर्नुभयो ।।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x