७ कार्तिक २०८१, बुधबार

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण अहिले पनि लकडाउन जारी

एसीपी संवाददाता

१३ जेष्ठ २०७७, मंगलवार ०६:०५ मा प्रकाशित

फाइल / तस्बिर

चिनबाट शुरु भएको कोरोना भाइरसका कारण अहिले पनि लकडाउन जारी अर्थतन्त्रमा ठुलो झडका भइरहेको बिज्ञहरुको भनाई तत्काल कोभिड १९ कोरोना भाइरसबाट निकास पाईने कनै उपाय न रहेको निष्कर्ष । तत्काल चेकजाँच कडा पारी स्वाब संकलन न हुँदा केही भन्न न सकिने स्वस्थ्यर्की बिज्ञहरुको सुझाव । सरकारले गरेको लकडाउन दुई महिनादेखि जारी रहेको छ । गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको हो । पछिल्लो पटक लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ । सुरुमा एक साताका लागि गरिएको लकडाउन दोस्रो पटक पुनः एक साता थप गरी चैत २५ गतेसम्म र्पुयाइएको थियो । त्यसलाई निरन्तरता दिँदै तेस्रो पटक वैशाख ३ गतेसम्म लकडाउन लम्बिएको थियो ।

फाइल/ तस्बिर

त्यसपछि पनि १२ दिन लकडाउनको अवधि थप गरी वैशाख १५ गतेसम्म र पुनः १० दिन थप गर्दै वैशाख २५ गतेसम्म लकडाउन गरियो । छैटौं पटक जेठ ५ गतेसम्मका लागि लकडाउनको समयावधी लम्ब्याइएको हो । लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पास वितरणमा पनि कडाई गरेको छ । लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियम पनि लागू गरिएको छ । उपत्यकामा संक्रमण देखिन थालेपछि भित्रि गल्लिहरुमा स्थानीयले प्रवेश निषेध गरेका छन् । केही दिनअघि अत्यावश्यक सेवा, बैंकिङ क्षेत्रहरु र उद्योगहरु सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x