१४ मंसिर २०८०, बिहीबार

थप ९० जना कोरोना संक्रमित पुष्टि, संक्रमितको कुल संख्या ७७२

एसीपी संवाददाता

१३ जेष्ठ २०७७, मंगलवार ११:५० मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना संक्रमित थपिएका छन् । संक्रमितहरुमा रौतहट, जुम्ला, बारासहितका रहेका छन । आज रौतहटमा मात्रै २० जना कोरोना संक्रमित थपिएका भने सिरहामा चारजना संक्रमित थपिएका छन । बाँके भेरी अस्पतालमा गरिएको परीक्षणमा एक जना पुरुष संक्रमित भेटिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा सातजनामा कोरोना संक्रमण देखिएको छ । बाँकेको डुढुवाबाट चारजना कोरोना संक्रमित भेटिएका छन्। राप्ती सोनारीमा पनि कोरोना संक्रमित भेटिएका छन् । दाङको राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पनि थप संक्रमित भेटिएका छन ्। सुर्खेतमा मात्रै १२ जना संक्रमित भेटिएका छन्। सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका ८ जनामा संक्रमण देखिएको छ । त्यस्तै भेरीगंगा र सिम्काबाट दुईरदुईजना संक्रमित थपिएका छन । पोखरामा गरिएको परीक्षणमा स्याङ्जा वालिङका दुईजनामा कोरोना संक्रमण पाइएको छ।यस्तै बाँकेको नेपालगञ्जमा पनि सातजना संक्रमित थपिएका छन ्। कपिलवस्तुको यशोधराका २४ जना संक्रमित भेटिएका छन् । त्यहाँ एक बालिकासहित २४ जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ जना पुगेको छ। यसबीचमा १५५ जना संक्रमित पनि उपचार गरेर घर फर्किएका छन्। हालसम्म ४६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x