१७ कार्तिक २०८१, शनिबार

गुल्मीमा फर्किने हरुको संख्या बढदै किटको अभाव

एसीपी संवाददाता

१७ जेष्ठ २०७७, शनिबार ००:०८ मा प्रकाशित

गुल्मीमा पछिल्लो पाँच दिनयता भारतबाट आउनेको संख्या १ हजार ६५१ पुगेको छ। गुल्मी आएकालाई सम्बन्धित क्वारेन्टाइनमा राखिएको छ।
रेसुंगा नगरपालिकामा १८०, मुसिकोट नगरपालिकामा २०१, कालीगण्डकी गाउँपालिकामा २१, सत्यवतीमा ९८, चन्द्रकोटमा ८९, रुरुमा ७९, छत्रकोटमा १८५, गुल्मीदरवारमा १७४, इश्मामा १७०, धुर्कोटमा २५०, मालिकामा १०३ र मदाने गाउँपालिकामा १०४ जनासहित जम्मा १ हजार ६५१ जना गुल्मी भित्रिएका छन्।
गुल्मीमा तत्कालका लागि भारत लगायतबाट आउनेको कोरोना परीक्षणका लागि स्थानीय सरकारले आरडिटी किट न भएकोले ब्यवस्थापन गर्ने निर्णय भएको छ।
भारत लगायत विदेशबाट गुल्मी भित्रिने संख्या धेरै हुने आंकलन गर्दै कोरोना संकट ब्यवस्थापन स्थानीय तहले ब्यवस्थापन गर्ने र प्राविधिक सहयोग गुल्मी अस्पताल र स्वास्थ्य कार्यलयले गर्ने निर्णय भएको थियो। तर सबै तह स्वास्थ्य कार्यलयकै भरमा छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x