१४ मंसिर २०८०, बिहीबार

बिकास निर्माणका सामाग्री बीच बाटोमा रोकिए पछि प्रसाशन कार्यलय हुम्लाले गाँउपालिकालाई दियो सवारी पास

एसीपी संवाददाता

१७ जेष्ठ २०७७, शनिबार १३:४० मा प्रकाशित

जयपती ढकाल
हुम्ला । कोरोना भाइरस (कोविड १९) का कारण बिकास निर्माणका सामाग्री बीच बाटोमा रोकिए पछि जिल्ला प्रसाशन कार्यलय हुम्लाले ताँजाकोट गाँउपालिकालाई सवारी पास दिएको छ ।

ताँजाकोट गाँउपालिका हुम्लाको जेठ १४ गते गतेको निर्णय अनुसार चलानी नम्बर ५ सय १६ गाँउपालिका अन्तर्गतका ५ वटा कार्यलय ३ वटा विद्यालय र ५ वटा स्वास्थ्य संस्थाको सोलार सामाग्री लगायत विभिन्न योजना सामाग्री ढुवानीका लागि सो निर्णय गरेको जनाएको छ ।

बाजुरा जिल्लाको धुलाचौंर देखि कालिकोट जिल्लाको जितेगडासम्म र जितेगडा देखि ताँजाकोट गाउँपालिका कार्यलयसम्मको लागि गाडी नम्बर भे १ ख २४६२ का चालक गणेश कुमार सुनार र सह चालक मीन बहादुर बोगटीबाट ३ ट्रिप सामान ढुवानिको लागि जिल्ला प्रसाशन कार्यालय सिमिकोट हुम्लाले अनुमति ताँजाकोट गाँपा अध्यक्ष बाग्दल मल्लले जानकारी दिनुभयो ।

कोभिड– १९ का कारण रोकिएको बिकास निर्माणका कामलाई निरन्तरता दिन यसरी समान ढुवानी गरेको अध्यक्ष मल्लले जनाउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x